Cricket Himalaya
Cricket News From Top of The World

आईसीसी प्रतिनिधि र एडभाइजरी बोर्ड बिच मिटिङ आज दोश्रो दिनमा प्रबेश !

माघ १५, क्रिकेट हिमालय

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन गरेको लामो समय पश्चात् अनेकौ पहल बिच अन्तिम प्रयास स्वरुप अहिले ICC डेपुटी चेयरम्यान इमरान ख्वाजाको नेतृत्वमा ICC को एक टिम नेपालमा छ !

ICC प्रतिनिधि र Advisory Board बिच हिजो सम्पन्न पहिलो दिनमा विभिन्न मुद्दाहरुमा गहन छ्लफल भय पनि नया जिल्ला क्रिकेट संघको निर्वाचनमा तत्कालीन तदर्थ समिती सदस्यहरुले सोतह सदस्यता प्राप्त गर्ने वा प्रक्रिया अनुसारै सदस्यता लिने भन्नेमा छलफल निस्कर्शबिहिन रहेको जनाइयेको छ !

आज दोश्रो दिन समेत ICC र एडभाइजरी बोर्ड सदस्य बिच हिजोकै प्वाइन्टबाट छलफल सुरु गर्दै विभिन्न इस्युहरुमा गहन छ्लफल हुने जनाइयेको छ !

ICC को यहि फेब्रुअरीमा हुने भनियेको मिटिङले नेपालको सस्पेन्सन सम्बन्धमा निर्णय गर्ने छ भनियेको छ !