Cricket Himalaya
Cricket News From Top of The World

आईसीसी प्रतिनिधि नेपालमा, आज क्यान र एड्भाईजर बोर्ड सँग छलफल हुने

माघ १४, क्रिकेट हिमालय

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन भयको करिब २ बर्ष भयो, सस्पेन्सन हटाउने पहलहरु अझै प्रभावकारि भयको देखिदैन !

निकासका लागि ICC ले सल्लाहकार समिती बनायो, समितिले लामो उताचढाव पछि क्यानको बिधान सम्सोधन गर्यो, क्यानले उक्त बिधानका २७ बुदाहरुमा परिवर्तन गर्दै पारित गर्यो, हुबहु पारित नभयको र पारित गरियेका बुदाहरुको प्रस्टता नदियेको भन्दै पटक पटक पत्राचार गर्यो !

ICC को यहि फेब्रुअरीमा हुने भनियेको मिटिङले नेपालको सस्पेन्सन सम्बन्धमा निर्णय गर्ने छ भनियेको छ !

सो मिटिङ अघि ICC को एक उच्च स्तरिय टोलि हिजो माघ १३ मा काठमाडौ आइपुगेको छ, ICC उपाध्यक्ष आज आउदैछन !

आज दिउँसो १ बजे बाट हुने उच्चस्तरीय बार्तामा क्यान, सल्लाहकार समिती, रा खे प र मन्त्रालय प्रतिनिधि सङको भेटघाट मार्फत ICC को पहलमा सहमतिको खाका कोरिने बिश्वास गर्न सकिन्छ !

ICC ले मिडिया रिलिज गर्दै डेपुटी चेयरम्यान इमरान ख्वाजा क्यानको बिधानलाई अन्तिम रुप दिदै समस्या समाधान गर्ने जनायको थियो !