Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स कप अन्तर्गत नेपाल क्रिकेट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी बिजयी

माघ १३, क्रिकेट हिमालय

मुलपानी मैदानमा जारी खुकुरि च्यालेन्जर कपको चौथो दिन आज नेपाल क्रीकेट एकेडमी र ग्रेट हिमालय क्रीकेट एकेडमी बिजयी भयका छन !

पहिलो खेलमा नेपाल क्रीकेट एकेडमिले ओसिस क्रीकेट एकेडमिलाइ ४८ रनले पराजित गरेको छ ! पहिलो ब्याटिङ गरेको नेपाल क्रीकेट एकेडमिले जितेन्द्र सिङ ठकुरिको आक्रमक ३४ बलमा ५३ रन र दिपेस दासले नटआउट रहदै १८ बलमा ३४ रन बनायपछी, १७ ओभरमा ६ विकेट गुमाउदै कुल १४६ रन बनाउन सफल भयको थियो ! ओसिस क्रीकेट एकेडमिका सचिन शर्माले २ विकेट लियेका थिय ! १४७ रनको टार्गेट सहित जवाफी ब्याटिङमा उत्रियेको ओसिस विशाल लिम्बुको २० रनको मद्धतले १७ ओभरमा जम्मा ९७ रनमा अल आउट भयो ! नेपाल क्रीकेट एकेडमिका प्रतिश जि सि ले २ विकेट लियेका थिय !

त्यसैगरी दोश्रो खेलमा ग्रेट हिमालय क्रीकेट एकेडमी ले आइ ओ इ थापाथली लाइ ८ विकेटले पराजित गरेको छ ! पहिलो ब्याटिङ गरेको आइ ओ इ थापाथली पुछारका ब्याट्सम्यान सुशील भट्टले २२ रनको योगदान दियेपछी मात्र १७ ओभरमा ९ विकेट गुमाउदै कुल ६२ रन बनाउन सफल भयको थियो ! ग्रेट हिमालय क्रीकेट एकेडमीेका कमल सिङ एरे र सागर ढकालले ३/३ विकेट लियेका थिय ! ६३ रनको झिनो टार्गेट सहित मुलपानी मैदानमा उत्रेको ग्रेट हिमालय क्रीकेट एकेडमी अभिषेक बस्नेतको २५ बलमा २७ रन र सुसान्त तिमिल्सिनाको १२ बलमा २० रनको मद्धतले सहजै ९ ओभरमा लक्षमा पुग्न सफल रह्यो !

भोलिका खेलहरु

पहिलो खेल : सान्तिनगर युवा क्लब र अल्टिमेट इन्डोर क्रीकेट टिम

दोश्रो खेल : प्युठान च्यालेन्जर्स र के सि टि सि