Cricket Himalaya
Cricket News From Top of The World

क्यासपियन कप, कैलालीको उपाधि ऐश्वर्य विद्या निकेतनलाई

माघ १२, २०७४ क्रिकेट हिमालय

माघ ५ गतेदेखि प्रस्तावित फाप्ला अन्तरास्ट्रिय क्रीकेट मैदान धनगढी बोराडाँडिमा संचालन भैरहेको निम्नमाध्यमिक विद्यालयस्तरिय क्रीकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न भएको फाइनलमा तीन पटक उपाधी जितिसकेको ऐश्वर्य विद्या निकेतनले यसपटक पनि उपाधिमा कब्जा जमाएको छ। फाइनलमा कैलाली विद्या निकेतनलाई ११ रनले हराउँदै ऐश्वर्यले उपाधी रक्षा गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको ऐश्वर्यले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै  ७६ रन जोडेको ऐश्वर्यका लागि सन्तोष बुढाले १७ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको स्कोर समेत छुन सकेनन। ऐश्वर्यलाई सस्तैमा समेट्न कैलाली विद्या निकेतनका दिपेन्द्र रोकाया एक्लैले ४ विकेट लिए।

७७ रनको झिनो लक्ष्य सहित मैदानमा उत्रीएको कैलाली विद्या निकेतनले टिकेर खेल्न नसक्दा ६६ रनमै अलआउट हुन पुग्यो । ऐश्वर्यको लागि प्रतीक बिस्ट र निसान्त पन्तले समान ३/३ विकेट लिए।

उपाधिमाथी कब्जा गरेको ऐश्वर्यले नगद २५ हजार र ट्रफी तथा उपविजेता बनेको कैलाली विद्या निकेतनले नगद १५ हजार र ट्रफिमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्ने विभिन्न बिधाका राइजिङ प्लेर क्यास्पियनका  सौर्य श्रेष्ठ, उत्कृस्ट बलर ऐश्वर्यका बिमल कठायत, उत्कृष्ट ब्याट्सम्यान कैलाली विद्या निकेतनका प्रकाश शाह र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ऐश्वर्यका प्रतिक बिस्ट घोषित हुँदै सबैले आकर्षक ट्रफी प्राप्त गरे।

समापन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले यो प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर निकाल्न ठूलो मद्दत गरेको बताउनुभयो । उहाँले कैलाली जिल्लामा महिला क्रीकेटर सुस्ताएकोले महिला क्रीकेटरले पनि अब जुरमुराउनु पर्ने बताउनुभयो । श्रेष्ठले कैलाली जिल्ला क्रीकेट एकेडेमीमा आजका विजेता र उपविजेता टिमका खेलाडीलाई निशुल्क प्रशिक्षण गर्ने व्यवस्था आफुले गर्ने समेत बताउनुभयो ।

समापन समारोहका प्रमुख अतिथी कैलाली क्षेत्र न ५ ख का प्रदेश सभा सदस्य डिल्लीराज पन्तले खेलाडी देशको गहना र देशको गरिमा उच्च बनाउन भुमिका खेल्ने हुनाले चौतर्फी सहयोग हुन आवस्यक छ !