Cricket Himalaya
Cricket News From Top of The World

मेयर कप टि-२० को उपाधी खलंगालाई

बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधी दशरथचन्द नगरपालिका ४ खलंगाले हात पारेको छ ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधी भिडन्तमा दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ६ विकेटले स्तब्ध पार्दै उपाधी रक्षा गरेको हो ।

टस हारेर ब्याटिङको निम्ता पाएको देहिमाण्डौं १९ दशमलव १ ओभरमा १३७ रनमा समेटियो ।

१३८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको खलंगाले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

म्यान अफ द फाईनल भएका सुरज बोहराले नटआउट ६६ रनको योगदान गरे ।

उपाधी विजेतासंग खलंगाले नगद ५० हजार पुरस्कार प्राप्त परेको छ भने उपविजेता देहिमाण्डौंले ३० हजारमा चित्त बुझाएको छ ।

यसैबिच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ११४ रन तथा ७ विकेट हात पार्ने खलंगाका सुरज बोहरा म्यान अफ द सिरीजका साथै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । सुरजले नगद ५ हजार पुरस्कार पाएका छन् ।

यस्तै प्रतियोगिताभर ९ विकेट हात पार्नुका साथै ७६ रन बनाएका देहिमाणडौ का रिषिकेश बोहरा उत्कृष्ट बलर भए ।

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।