Cricket Himalaya
Cricket News From Top of The World

घरेलु क्रिकेटमा आज ४ ठुला प्रतियोगिता र खेलहरु

माघ ११, क्रीकेट हिमालय

आज माघ ११, २०७४ घरेलु क्रीकेट अन्तर्गत ४ प्रतियोगिताका विभिन्न खेलहरु हुदैछन

खुकुरी च्यालेन्जर T20 कप, काठमान्डौ

आज दुई खेल रहेका छन ! मुलपानी मैदानमा हुने पहिलो खेलमा ओसिस क्रीकेट एकेडमी र ग्रेट हिमालय क्रीकेट क्लब बिच हुनेछ भने दोश्रो खेलमा आइ ओ इ थापाथली र नेपाल क्रीकेट स्कुल भिडनेछन !

२ मेयर कप टि–ट्वान्टी क्रिकेट, बैतडी

प्रतियोगिताको उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने छन ! शहीद दिवसको अवसरमा ११ टोलि सहभागी, माघ ३ बाट सुरु भयको उक्त दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।

३ तेस्रो लालझाडी कप टि20 क्रिकेट प्रतियोगिता, कंचनपुर

कञ्चनपुरको पुनर्वासमा हुन लागेको तेस्रो लालझाडी कप टि20 क्रिकेट प्रतियोगिता आज दोश्रो दिनमा चल्दैछ ! लालझाडी युवा क्लब ११ को आयोजनामा पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा बुधबार देखि माघ २० गतेसम्म खेल सञ्चालन हुनेछ । १० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकका २ टिम सहित नेपाल र भारतका गरी जम्मा १६ टिमहरु दर्ता गरिएको छ ।

४ बुम रेमिट स्कुल क्रीकेट , कोहलपुर

बाके जिल्ला स्तरिय स्कुल क्रीकेट लिग बाकेको कोहलपुरमा सन्चालन भै रहेको छ ! तेस्रो दिन आज दुई खेल रहेका छन ! पहिलो खेलमा त्रिभुवन मा वि कोहलपुर र ए बि सि स्कुल बिच हुदैछ भने दोश्रो खेलमा आइडियल पब्लिक नेपालगन्ज र आदर्शमावी नेपालगन्ज भिड्दैछन !