Cricket Himalaya
Cricket News From Top of The World

सर्बाधिक राशिको धनगढी प्रिमियर लिग (DPL) को टिम र स्ट्र्याटेजिक खेलाडिहरु घोषणा

माघ १०,क्रीकेट हिमालय

आगामी चैत्र १७ देखि बैशाख १ सम्म सुरु हुँदै गरेको धनगढी प्रीमियर लिग ( डि पि एल ) को आज अन्नपूर्ण होटेलमा सम्पन्न प्रेस मिट मार्फत उक्त लिगका टिमहरु र स्ट्रयाटेजिक प्लयेर्सहरु अनाउन्स गरेको छ ! * डि पि एल सिजन दुइका टिमहरु

दोश्रो सिजनको डि पि एल मा कुल ६ वटा टिमहरु सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमान्डौ गोल्डेन्स, बिराटनगर किङ्स, रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढी रहनेछन ! * डि पि एल टिमका स्ट्र्याटेजिक प्लयेर्सहरु

स्ट्र्याजेक प्लयेर्समा दिपेन्द्र सिंह एरि सि वाइ सि अत्तरियामा , बिनोद भन्डारी महेन्द्रनगर युनाइटेड, ज्ञानेन्द्र मल्ल काठमान्डौ गोल्डेन्समा , पारस खडका बिराटनगर किङ्समा , शक्ति गौचन रुपन्देही च्यालेन्जर्समा र सोमपाल कामी टिम चौराहा धनगढीमा रहेका छन !

डि पि एल मा खेल्न इच्छुक खेलाडिहरुले यहि माघ २५ सम्म दर्ता गर्न सक्नेछन भने डि पि एल को अक्सन फाल्गुण २५ गते हुनेछ ! दर्ता हुने खेलाडिहरुलाइ तीन क्याटोगरी ए, बि र सि मा बिभाजित गरियेको छ ! क्याटोगरी ए मा कम्तिमा १५ इन्टर्न्यासनल खेल वा लगातार तीन बर्श देखि रास्ट्रीय टिममा प्रतिनिधित्व गरेको हुनपर्छ, बेस प्राइस १ लाख रहेको छ भने म्याक्सिमम १ लाख ५० हजार रहेको छ ! क्याटोगरी बि मा बाकि रास्ट्रीय खेलाडिहरुलाइ राखिनेछ जसको बेस प्राइस ५० हजार छ भने म्याक्सिमम प्राइस १ लाख रहेको छ ! क्यायोगरी सि मा अन्क्यापड खेलाडिहरु रहनेछन जसको बेस प्राइस रु २५ हजार रहेको छ भने म्याक्सिमम ७५ हजार रहेको छ !

डि पि एल दुइको विनिङ प्राइस रु २५ लाख रहेको छ ! हरेक टिमले कम्तिमा दुई बिदेशी खेलाडिहरु राख्नेछन भने एक खेलाडी ट्यालेन्ट हन्ट मार्फत छनोट गर्नेछन !

डि पि एल मा टिकेट प्राइस रु १०० हुनेछ ! डि पि एलको स्ट्र्याटेजिक डाइरेक्टर क्रीकेट एक्स्पर्ट राजन साह नियुक्त हुनुभयको छ ! टुर्नामेन्ट डाइरेक्टर सौरभ ओझा हुनुहुन्छ ! टिकेटिङ पार्टनर इ सेवा रहेको छ भने अनलाइन पार्टनर सनबी रहेको छ ! डि पि एल सिजन फर्स्टको बिजेता टिम चौरहा धनगढी रहेको थियो !

डि पि एलको लाइभ ए पि वानमा रहनेछ, कुल बजेट ३ करोड रहेको छ !

डि पि एलमा खेलाडी रजिस्ट्रेसन निम्न लिन्कमा गयर गर्न सकिन्छ www.dplofficial.com