Cricket Himalaya
Cricket News From Top of The World

माघ १३ मा ICC प्रतिनिधि नेपाल आइपुग्ने, समाधान केन्द्रित छलफल हुने बिश्वास

माघ १०, क्रीकेट हिमालय

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन भयको लामो समय भयतापनी सस्पेन्सन हटाउने पहलहरु अझै प्रभावकारि भयको देखिदैन ! निकासका लागि ICC ले सल्लाहकार समिती बनायो, समितिले लामो उताचढाव पछि क्यानको बिधान सम्सोधन गर्यो, क्यानले उक्त बिधानका २७ बुदाहरुमा परिवर्तन गर्दै पारित गर्यो, हुबहु पारित नभयको र पारित गरियेका बुदाहरुको प्रस्टता नदियेको भन्दै पटक पटक पत्राचार गर्यो ! क्यान तर्फबाट पनि जवाफहरु पठाइदै आयको पाइन्छ , तरपनी समस्या जहाको तहि छ !

पछिल्लो दुइ बर्शमा के के भयो त

२०७१ मंसिर : गाइडलाइन नमानेको भनी आईसीसी र एसीसीद्वारा नेपाललाई दिँदै आएको सबै फन्ड रोक्का

२०७२ कात्तिक : क्यानले कात्तिक २० र २१ गते गर्न लागेको चुनावी साधारण सभा प्रक्रिया नपुर्‍याएको भनी राखेपद्वारा रोक्का ।

२०७२ मंसिर : आङबुहाङद्वारा क्यानको साधारण सभा रोक्न राखेप समक्ष निवेदन ।

२०७२ मंसिर २८ र २९ : राखेपको निर्देशन विपरीत क्यानको चुनावी साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित । आफ्नो निर्देशन नमानेको भनी राखेपद्वारा त्यसलाई मान्यता दिन अस्वीकार ।

२०७२ पुस १८ : राखेपद्वारा रमेश सिलवालको अध्यक्षमा तदर्थ समिति बनाउँदै समानान्तर क्यान गठन । त्यस विरुद्व निर्वाचित क्यानद्वारा सर्वोच्चमा रिट दायर । फैसला हुन बाँकि ।

२०७३ वैशाख १३ : नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै आईसीसीद्वारा क्यान निलम्बन ।

२०७३ भदौ १९ : निकासका लागि ICC ले छलफल गरी ६ सदस्यीय सल्लाहकार समिति गठन । सल्लाहकार समितिलाई विधान बनाउने जिम्मेवारी ।

२०७३ फागुन ७ : सल्लाहकार समितिमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍याल समावेश ।

२०७४ साउन १० : आईसीसी उपाध्यक्ष इमरान ख्वाजा सम्मिलित सल्लाहकार समितिको बैठकले प्रस्तावित विधान १ महिनाभित्र क्यानको साधारण सभाबाट पारित गर्न समयसीमा ।

२०७४ भदौ ६ : निर्वाचित क्यानको साधारण सभाद्वारा सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान संशोधन । संशोधित विधान राखेप र खेलुकद मन्त्रालयमा पारित गर्न पठाई त्यसलाई आईसीसीमा बुझाउने निर्णय ।

२०७४ भदौ २६: राखेप बाट पारित सम्सोधित बिधान पारित, CAN ले जिल्लाहरुको नया निर्वाचन गर्ने तयारी

२०७४ कार्तिक पहिलो हप्ता : जिल्ला क्रीकेट संघहरुको निर्वाचन

ICC को यहि फेब्रुअरीमा हुने भनियेको मिटिङले नेपालको सस्पेन्सन सम्बन्धमा निर्णय गर्ने छ ! सो मिटिङ अघि ICC को एक उच्च स्तरिय टोलि यहि माघ १३ मा नेपाल आइपुग्ने CAN ले जनायको छ ! क्यान, सल्लाहकार समिती, रा खे प र मन्त्रालय प्रतिनिधि सङको भेटघाट मार्फत सहमतिको खाका कोरिने बिश्वास लिदै गर्दा आन्तरिक स्टेकहोल्डर्सहरुले यो मौका चुकाउन हुदैन

क्यान अध्यक्ष चतुर बहादुर चन्द ” क्रीकेटलाई केन्द्रमा राखेर सोचे समस्याको समाधान टाढा छैन, सस्पेन्सन हटाउदै गतिरोध अन्त्य आजको आवस्यकता हो ! सबै तर्फबाट सकारात्मक पहल हुने बिश्वाश छ, क्यान तर्फबाट पुर्ण सहयोग रहनेछ ”