Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेट कार्निभलको आज दोश्रो दिन, ६ प्रमुख आकर्षण !

माघ ६, क्रिकेट हिमालय

मदन भन्डारी स्पोर्ट्स एकेडमी द्वारा किर्तिपुर स्थित टि यु मैदानमा आयोजना हुदै गरेको क्रिकेट कार्निभलको  आज दोश्रो तथा अन्तिम दिन हो ! आज निम्न विशेषता सहित कार्निभल सम्पन्न हुदैछ !

१ नेपाली क्रीकेटका सम्भावना र चुनौतिहरु सम्बन्धमा सेमिनार

टि यु मैदानकै हलमा आज ठिक १० बजे उज्वल आचार्यबाट प्रस्तुत गर्नुहुने कार्यपत्रमा पुर्ब रास्ट्रीय कप्तानहरु लेख बहादुर छेत्री र बिनोद दासबाट कमेन्ट गर्नुहुनेछ !

२ ट्यालेन्ट हन्ट

आज दिनभरी नै प्रतिभा खोजी हुनेछ, उत्कृष्ट १० जनालाइ निशुल्क प्रशिक्षण तथा बिभिन्न खेलहरुमा सहभागिता तथा खेल सामाग्रीको वितरण गरिनेछ !

३ मनोरन्जनात्मक खेलहरु

कार्निभलमा आइपुग्ने दर्शकहरुले बिभिन्न मनोरञ्जनात्मक खेलहरु समेत खेल्न पाउने छन 

४ कन्सर्ट

नेपालि चर्चित कलाकारहरू कालिप्रसाद बासकोटा, सनुप पौडेल, सन्ध्या जोशी, बिद्या तिवारी, एन्जिला साङितिक समुह लगायत अन्य चर्चित कलाकारहरु सम्मिलित कन्सर्ट ठिक १ बजेबाट सुरु हुनेछ 

५ फोटो प्रदसनि, बित्तचित्र प्रदशनी 

नेपाली क्रिकेट सङ सम्बन्धित करिब ५०० एतिहासिक फोटोहरुको प्रदसन, क्रिकेट सङ सम्बन्धित बित्तचित्र प्रदसन दिनभर नै हुनेछ !

६ फुड स्टल्स, स्पोर्ट्स वेयरहरुको उपलब्धता , एकेडमी भिजिट दिनभर जसो नै कार्निभलमा गर्न सकिनेछ !