Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेट कार्निभल पहिलो दिन सम्पन्न, ७ रोचक पछ्य ! भोली के के हुदैछ ?

माघ ५, कृकेट हिमालय

टि यु मैदानमा मदन भन्डारी स्पोर्ट्स एकेडमी द्वारा आयोजित दुइ दिने क्रीकेट कार्निभलको पहिलो दिन सम्पन्न भयको छ , क्रीकेट हिमालयले प्राप्त गरेको केहि रोचक सम्योगहरु 

१ आयोजक र सहयोगी

मदन भन्डारी स्पोर्ट्स एकेडमी द्वारा सन्चालित क्रीकेट कार्निभलमा सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोग रहनु सुखद रह्यो, बिपरित धारका राजनेताहरुको नाममा सन्चालित सन्स्थाहरु क्रीकेटको लागी एकै ठाउमा उभिदा सकारात्मक म्यासेज गयको छ !

२ राजनैतिक, कलाकर्मी, पत्रकार , पुर्ब खेलाडी, बर्तमान खेलाडी एकै खेलमा 

अन्य बिधाको खेलहरुमा प्रायगरी च्यारिटी म्याचहरुमा यो नियमित जस्तो रहेतापनी क्रीकेटमा भने पहिलोपल्ट चर्चित राजनितीज्ञहरु , कलाकर्मिहरु, पुर्ब बर्तमान क्रीकेट खेलाडिहरु, पत्रकारहरु च्यारिटि खेल खेले ! 

३ क्रीकेट एकेडमी देखी क्रीकेट समर्थक सन्स्था सम्मको स्टल

बिभिन्न क्रीकेट एकेडमिहरु, स्पोर्ट्स कम्पनिहरु, वेब कम्पनिहरु हुदै समर्थक सन्स्थाहरु समेत एकै लाइनमा स्टल मार्फत आ आफ्नो कम्पनी, सन्स्था मार्फत आम समर्थकहरु बिच पुग्नु यो क्रीकेट महोत्सवको सुखद पछ्य रह्यो !

४ बिबिधता युक्त फोटो प्रदसनी 

१९९६ देखी २०१८ सम्मका नेपाली क्रीकेट सङ सम्बन्धित महत्त्वपूर्ण छ्यणहरु एकै थलोमा अवलोकन गर्ने अवसर जुरायेको थियो कार्निभलले, नेपाली क्रीकेटका नया पुस्ता यसबाट लाभान्वित हुने कुरामा द्विबिधा छैन, यो अवसर भोली पनि प्राप्त हुनेछ !

५ ट्यालेन्ट हन्ट

एक बर्शे निशुल्क ट्रेनिङ , साथमा क्रीकेट किट समेत प्राप्त गर्ने घोषणा आयोजकले गरायेपछी, सो अवसर प्राप्त गर्ने लाइनमा सयौ नव प्रतिभाहरु सकेको कोसिस गर्दै गरेको दृश्य रोचक रह्यो !

६ मिश्रित सहभागिता : स्टेकहोल्डर्सहरु एकै मन्चमा

एडभाइजरी बोर्ड सदस्यहरु देखी लियेर पुर्ब क्यान पदाधिकारी , पुर्ब कोचहरु, छनोटकर्ता देखी लियेर बर्तमान सम्म, पुर्ब कप्तानहरु, खेलाडिहरु सबै एकै मन्चमा भेला हुनु समग्र नेपाली कृकेटको लागी सकारात्मक कदम हो !

७ बिबिधता युक्त कार्निभल

फुड स्टलहरु, फोटो प्रदसनी, च्यारिटी म्याच, ट्यालेन्ट हन्ट, क्रीकेट रिलेटेड स्पोर्ट्स वेयर आदिले कार्निभलको पहिलो दिन रोचक रह्यो !

भोली के के हुन्छ त ?

* नेपाली क्रीकेटका सम्भावना र चुनौतिहरु सम्बन्धमा सेमिनार, १० बजे 

* ट्यालेन्ट हन्ट, दिनभर नै

* मनोरन्जनात्मक खेलहरु, दिनभर नै

* कन्सर्ट, १ बजे 

* फोटो प्रदसनि, दिनभर नै

* बित्तचित्र प्रदसनी, दिनभर नै

* फुड स्टल्स, क्रीकेट रिलेटेड स्टल्स, दिनभर नै