Cricket Himalaya
Cricket News From Top of The World

दृस्टिबिहिन क्रिकेट टिम माघ ७ मा नेपाल फर्कने, हवाई टिकट हस्तान्तरण

माघ ५, कृकेट हिमालय

दृस्टीबिहिन नेपाली कृकेट टिम दृस्टीबिहिन कृकेट बिश्वकपमा सहभागिता पश्चात् यु ए इ बाट यहि माघ ७ गते नेपाल फर्कने भयको छ !

नेपाली कृकेट समर्थक समाज यु ए इ साखा प्रतिनिधि महेन्द्र गुरुङले आज एक कार्यक्रमका बिच यु ए इ मा हवाइ टिकट हस्तान्तरण गर्नुभयको थियो !

नेपाली कृकेट समर्थक समाजले दृस्टिबिहिन कृकेटर्सको सहयोगार्थ अभियान चलाउदै बिश्वकप खेल्ने टिमको यु ए इ – काठमाडौ हवाइ टिकट उपलब्ध गराउन सफल भयको हो !

नेपाल दृस्टिबिहिन कृकेट संघका अध्यक्ष पवन घिमिर

” एन सि एस एस को अभियान बारे थाह पाउनासाथ टिम निकै खुसी भयको थियो, हामी निकै गौरन्वावित भयका छौ, संघको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ”

एन सि एस एस यु ए इ साखा प्रतिनिधि महेन्द्र गुरुङ, ” समग्र एन सि एस एस कै प्रतिनिधित्व गर्दै दृस्टिबिहिन कृकेट टिमलाइ हवाइ टिकट बितरण गर्ने जिम्मा प्राप्त गर्दा हर्शित छु, देसको झन्डा बिश्वमाझ फैलाउने खेलाडिहरुको पक्छ्यमा एन सि एस एस सदैब रहने प्रतिबद्धता ब्यक्त गर्दछु ”

दृस्टीबिहिन बिश्वकप खेल्दै फर्किने टिमलाइ एन सि एस एस ले सम्मान गर्ने जनायेको छ !