Cricket Himalaya
Cricket News From Top of The World

खेल मैदानमा बिरेन्द्र क्याम्पस चितवन द्वारा खनजोत 

माघ ४, कृकेट हिमालय 

बन तथा भु संरक्षण मातहत रहेतापनी प्रयोग भने बिरेन्द्र बहुमुखी क्याम्पस चितवनले गर्दै गरेको नौ बिगाह खेल  मैदान पछिल्लो समय देखी बिबादित  बन्दै आयको थियो ! कृकेट र एथलेटिक्सका खेलहरु निरन्तर चल्दै आइरहेको उक्त मैदानमा बिरेन्द बहुमुखी क्याम्पसले खनजोत गर्ने तयारी गर्नासाथि पुर्बकृकेटर एवम TU खेलाडी संघका अध्यक्ष अनिल अधिकारीको सम्योजकतामा गठित “सरोकार समिती” बन तथा भु संरक्षण मन्त्रालय पुगेर मन्त्रीस्तरिय तोक आदेस लगाउन सफल भयको थियो !

 बन तथा भु संरक्षण मन्त्रालयले उपरोक्त खेल मैदान बिरेन्द्र बहुमुखि क्याम्पसले मात्र नभै स्थानिय नागरिक तथा खेलप्रेमिहरुले पनि प्रयोग गर्न पाउने हुदा हाललाइ खेल मैदानको स्वरुप नबिगार्न दियेको निर्देशन  बिपरित आज नौ बिगाहको उक्त मैदानमा क्याम्पसको तर्फ बाट ट्रर्याक्टर लगाइएको छ !

तस्बिर : आसिस पान्डे 

खेलप्रेमिहरुको भावना बिपरित उक्त कार्य गरियेकोमा सरोकार समिती र क्याम्पस अन्तरगतकै बिध्यार्थी सङठनहरुको गम्भिर ध्यानाकर्षण रहेको र क्याम्पस प्रमुख गोबिन्द सापकोटाको राजिनामा मागेको छ ! क्याम्पस प्रमुख गोबिन्द सापकोटालाइ कृकेट हिमालय टिमले सम्पर्क गर्ने कोसिस गरेको तर उहा उपलब्ध हुनुभयन !