Cricket Himalaya
Cricket News From Top of The World

NCSS अभियानको बहुआयामिक पक्ष

माघ ३, २०७४ कृकेट हिमालय 

नेपाली कृकेट समर्थक समाज ( NCSS ) ले दृस्टिबिहिन नेपाली कृकेट टिम बिश्वकप खेल्न पाकिस्तान र यु ए इ जानासाथ स्वभिमानको अभियान नारा सहित फन्ड रेजिङ क्याम्पेन चलाउदै आयको छ ! कृकेट हिमालय टिमले उक्त अभियान सम्बन्धमा NCSS अध्यक्ष भानु सिग्देल सङ गरेको कुराकानिमा आधिरित प्रश्न उत्तर 

१ NCSS  अभियान के हो ?

– नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वानडे विश्वकप खेल्न पाकिस्तान जादै गर्दा सरकारी निकायबाट कुनै सहयोग नपायपछी  टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै पाकिस्तानको लाहोर पुग्नुपरेको थियो । सञ्चारमाध्यममा नेपाली दृष्टिविहीन टोली कठिन यात्रा गरेर विश्वकप खेल्न जान लागेको समाचार आउनासाथ नेपाली कृकेटको समर्थकहरुको एक मात्र प्रतिनिधी सन्स्था नेपाली कृकेट समर्थक समाज ( एन सि सि एस ) ले दृस्टिबिहिन कृकेटर्सको सहयोगार्थ ” एन सि एस को स्वभिमानको अभियान : जादा रेलमा फर्कदा प्लेनमा”अभियान यहि पौश २२ बाट सुरु गरेको थियो  

२ एन सि एस एस ले सन्कलन गरेको रकम कति पुग्यो ?

एनसीएसएसको यो अभियानमा हालसम्म करिब ६ लाख ५० हजार  रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ । अझै करिब २० देखी ३० हजार रकम घोषणा भयको तर सन्कलन हुन बाकी रहेको छ !
३ अभियान सफल कसरी भयो त ?

एनसीएसएसको यो अभियानको मुल उद्देस्य नेपाली दृष्टिविहीन टोलीलाई सिधै यूएईबाट प्लेनमा काठमाडौं फर्काउने रहेको थियो , जसमा एन सि एस एस ले सफलता प्राप्त गरेको छ ! यहि जनवरी २१, २०१८ को लागी फ्लाइ दुबइ मार्फत बिश्वकपमा सहभागी २२ जनाको टिकेट एन सि एस एस ले आज काटेको छ ! 
४ फ्लाइ दुबइको सहयोग किन महत्त्वपूर्ण ?

एन सि एस एस लगातार कोसिस गरेपछी यो अभियानमा अन्ततः फ्लाइ दुबइ एअरलाइन्स कम्पनिले दृस्टीबिहिन कृकेट खेलाडिहरुको सहयोगार्थ टिकेट मुल्यमा ३०% छुट दियेको छ, फ्लाइ दुबइ लाइ एन सि एस एस अभियान सहयोगीको मुख्य सहयोगकर्ताको रुपमा राखेको जानकारी गराउदछु 

५ असफल सरकारी प्रयास 
एनसीएसएसले अभियान अन्तर्गत सरकारी सहयोग समेत लिने निकै प्रयास गर्यो, प्रधानमन्त्री कार्यालयदेखि जिल्ला खेलकुद हुदै राष्ट्रिय खेलकुद परिषद्सम्म सम्पर्क गरेको थियौ , निकै उत्कृष्ट प्रयास एन सि एस एस को हामी सहयोग गर्नेछौ भन्ने आश्वासन त पायौ तर प्रकृयागत झन्झट वा अन्य केहि होला हालसम्म सहयोग भने प्राप्त गरियेको छैन  । 

६ एन सि एस एस अभियान असफल भयको भय के हुने थियो 

सेमिफाइनलसम्म पुग्ने लक्ष्य बनाएको नेपाल दृष्टिविहीन टोली लाहोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भयो  । त्यसपछि नेपाल थप खेल्न यूएई लाग्यो, त्यहा पनि अन्तिम खेल अस्ट्रेलिया सङ मात्र जित निकाल्न सफल भयो । निर्धारित तालिकाअनुसार यूएईमा आफ्नो खेल सिध्याएपछि नेपाली टोली पुन: पाकिस्तान हुँदै त्यहाँबाट बस, ट्रेनमा दिल्ली भएर नेपाल फर्किने कार्यक्रम रहेको थियो तर अब टिम सिधै एन सि एस एस को सहयोगमा सिधै दुबइ बाट काठमाडौ फर्कने छ 

७ एन सि एस एस अभियानमा सहयोग को कसको रह्यो 

एनसीएसएसको त्यो अभियानमा एन सि एस एस का सदस्यहरु , आम समर्थकहरु , न्यासनल टिमका कप्तान , पुर्ब कप्तानहरु, खेलाडिहरु, केहि जिल्ला कृकेट संघका पदाधिकारिहरु  लगायत क्रिकेट सर्कलले आर्थिक सहयोग गरेका छन् ।
८ अभियानमा कहिले सम्म, दुबइ हुदै काठमाडौ टिकेट पस्चात बचेको रकम के हुने ?

एन सि एस एस ले यो अभियानलाइ दृस्ठिबिहिन कृकेटर्स नेपाल फर्कने दिनसम्म चलाइ रहने छ , टिकेट पस्चात जे जति रकम बच्ने छ एक सम्मान कार्यक्रम मार्फत दृस्ठिबिहिन कृकेटर्सलाइ हस्तान्तरण गर्नेछ ! सहयोग गर्न इच्छूक ब्यक्ती, सन्स्थाले निम्न माध्यम अपनाउन सक्नुहुन्छ 

अन्त्यमा अध्यक्ष सिग्देल 

” बिश्वकप खेल्दै देसको झन्डा बोक्ने खेलाडिहरु निकै दुख कस्ट बेहोर्नु परेको थाह हुनासाथ नेपाली कृकेटको समर्थकहरुको एक मात्र प्रतिनिधी सन्स्था एन सि एस एस अघि सर्यो, अभियान एक प्रोजेक्टकै रुपमा रह्यो हाम्रो लागी, अन्तत लक्छ्यमा सफल भयका छौ ! स्पस्ट सन्देश के हो भने नेपाली कृकेट टुहुरो छैन, बेवारिसे हुने छैन, आवस्यक परे नेपाली कृकेटका समर्थकहरु , खेलाडिहरु र येसका सुभचिन्तकहरु एक भै येसको जगेर्णा गर्ने छन  ! राज्य आफ्नो दावित्वबाट आगामी दिनमा बिमुख नहोस , देसको लागी खेल्ने खेलाडिहरुले दुख नपाउन भन्ने कामना गर्दछु ”